हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको भन्दै प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।
एमालेबाट वाग्मती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रहेका दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि मुख्यमन्त्री संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्।…