गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखा– गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बसपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिए। गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उनले बताए। […]

सम्बन्धित सामग्री

नगरकोटमा पर्यटकीय भौतिक संरचना थपिँदै

काठमाडौं । नगरकोटमा थप पर्यटकीय भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र ९ करोड लागतमा १० लाख लिटरको दुई खानेपानी ट्यांकी निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ । टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । ‘पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदै छौं,’ अधिकारीले भने । हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालू आर्थिक वर्षमा १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करीब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकोमा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ । करीब २ वर्षअघि नगरकोटस्थित सडक दायाँ–बायाँ सार्वजनिक जग्गामा वर्षौंदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको शनिवार नगरप्रमुख सोम मिश्रले शिलान्यास गरेका छन् । हाल ५ करोड ७ लाख ७६ हजार रुपैयाँ लागतमा १ वर्षमा बसपार्कको निर्माण गर्ने सम्झौता गरिएको उनले बताए । ‘नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ,’ उनले भने । उनका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि ५५ करोड लाग्ने उनले बताए । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ । नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करीब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै चारतारे र तीनतारे स्तरका छन् । नगरकोटमा करीब दर्जन होटल निर्माणाधीन छन् भने त्यति नै संख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको बताइएको छ । रासस