बझाङ – बित्थडचिर गाउँपालिका वडा नम्बर २ को कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधि नआउँदा सेवा लिन कठिन हुने गरेको बित्थडचिर २ का स्थानीयवासी तथा पूर्व वडा सदस्य रणबहादुर बोहराले बताउनुभयो । ‘वडा कार्यालयमा वडाध्यक्षदेखि वडा सदस्य कोही पनि आउँदैनन्’, उहाँले भन्नुभयो, ‘कार्यालयमा वडाध्यक्ष नहुँदा सामान्य सिफारिसमा हस्ताक्षरकै लागि दुई–तीन दिन कुर्नुपर्ने हुन्छ । यदि तत्काल गर्नुपर्ने काम छ भने अध्यक्षको घर पुग्नुपर्छ । कि त अध्यक्ष ...