लन्डन । बेलायतमा हालसम्म ६ करोड भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । शनिबार मात्र एकै दिनमा सात लाख ६२ हजार ३६१ डोज खोप वितरण गरिएको छ, जुन कोरोना विरुद्ध खोप शुरु भएपछिको दोस्रो सबैभन्दा बढी हो । यसअघि मार्च २० मा ८ लाख ४४ हजार भन्दा बढी डोज खोप वितरण गरिएको थियो ।पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५ लाख ८७ हजार ९८ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ७९ लाख ४३ हजार ६८१ जनाले पहिलो र दुई करोड २६ लाख ४३ हजार ४१७ जनाले