एजेन्सी।अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका कोरोना प्रभावित देशलाई दुई करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन्।ह्वाइट हाउसका प्रेस सचिव जोन साकीले राष्ट्रपतिले यसअघि नै जोनसन एन्ड जोनसनको ६ करोड खोप वितरण गर्ने योजना बनाइसकेको बताएका छन्।अब फाइजर र मोडेर्नाको खोप पनि वितरण गर्ने तयारी अमेरिकाको छ।अमेरिकापछि अब संसारमा महामारी अन्त्यका लागि काम गर्ने ह्वाइट हाउसले जनाएको छ।