काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठम