कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजवाद उन्मुख अर्थतन्त्रलगायतको संस्थागत विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन्।संविधान दिवसको शुभकामना दिँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्ने तर्फ मन, बचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्। यस्तै, ऐन कानुनहरुलाई जनताको मर्म र भावना अनुसार घर आँगनमै अधिकार प्रत्याभूत गर्ने कार्यम