काठमाडौं : सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलहरूको बैठक सुरू भएको हो। आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ। सरकारले दोस्रो पटक विश्वासको मत लिएको ४५ दिन हुँदा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन्। बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी