भुर्तेलले लिए शानदार क्याच, अम्पायरले आउट दिएनन्

काठमाडौं । नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेका स्पिनर ललितनारायण राजवंशी आफ्नो खातामा एक विकेट थप्न चुकेका छन् । उनको बलिङमा कुशल भुर्तेलले लिएको उत्कृष्ट क्याचलाई अम्पायरले मान्यता दिएनन् । २२ औं ओभरको अन्तिम बलमा जोनाथन स्मिटको विकेट लिने अवसर राजवंशीले सिर्जना गरेका थिए । स्मिटले हावामा खेलेको बललाई कुशलले हावामा उडेर क्याच लिए । दर्शकहरूले सेलिब्रेसन […]

सम्बन्धित सामग्री

सुपर ओभरमा सोमपालको चमत्कार, २ रनमै रोकियो अमेरिका

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा सुपर ओभरमा ३ रनको लक्ष्य पाएको छ । नेपालका सोमपाल कामीले शानदार प्रदर्शन गरेसंगै अमेरिका २ रनमै रोकिएको हो । सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुदा आन्द्रेस गौस एक रनमा अविजित रहे ।

दीपेन्द्रले लिए बंगलादेशको कप्तानको विकेट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । बंगलादेशविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले कप्तान नज्मुल हसन शान्तोलाई आउट गराए । शान्तो ५ बलमा ४ रन बनाएर आउट भए । यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरमै पहिलो बलमै सफलता दिलाउदै शानदार सुरुआत गराएका थिए […]

दिल्लीमाथि चेन्नईको शानदार जीत

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७.४ ओभरमा ११७ रन बनाएर आउट भयो । दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौ

शानदार जितसँगै नेपाल सेमिफाइनल नजिक

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।शुरूमा ब्याटिङ गरेर नेपालले २१८ रन जोडेको थियो। ८ विकेट गुमाएको फिलिपिन्स ८२ रनमा सीमित भएको थियो। लगातार दुई विजयसँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।त्यसकारण सेमिफाइनलमा पुग्ने टोलीको भिडन्त रोचक बन्ने देखिन्छ। नेपालले अब लीगको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ।सो खेलमा नेपालले जित वा उच्च रन रेट बनाउन आवश्यक हुनेछ।खुलेको ब्याटिङअनुमान गरिए झैँ नेपाली खेलाडीले कमजोर फिलिपिन्सविरुद्ध खुलेर ब्याटिङ गरे। मस्कटको ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेलेर ३ विकेटको क्षतिमा २१८ रन बनायो।आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार शतक प्रहार गरे।फिलिपिन्सविरुद्ध खेलमा जितेको नेपालउनीहरूले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले। ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए। कुशलपछि दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे। यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।आशिफपछि आएका कुशल मल्लले १२ रन बनाए। पाँचौँ ओभरमा उनी मिग्गी पोडोस्कीको शिकार भए। लोकेश बमले अविजित ६ रन बनाए।२१८ रन नेपालले टी २० क्रिकेटमा बनाएको तेस्रो उच्च स्कोर हो।यसअघि नेपाली टोलीले काठमाण्डूमा नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक २३८ रन जोडेको थियो।त्यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले भुटान विरुद्ध कीर्तिपुरमै २३६ रन बनाएको थियो।कसिलो बलिङफिलिपिन्सलाई सस्तैमा समेट्न नेपाली बलरहरूले कसिलो बलिङ गरे। उनीहरू लगातार जस्तो विकेट लिन सफल भएका थिए।चार ओभर बलिङ गरेका कप्तान सन्दीप लामिछानेले जम्मा ९ रन खर्चिएर तीन विकेट लिए।जितेन्द्र मुखिया, गुलशन झा, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।गुलशनको 'डेब्यू', शरद बाहिरभेट्रान ब्याट्सम्यान शरद भेषावकरले टी २० विश्वकप छनोट गुमाएका छन्। उनको घुँडामा चोट लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।चार देशीय शृङ्खला खेल्ने क्रममा उनलाई चोट लागेको थियो। ओमान विरुद्धको पहिलो खेलमा पनि उनी 'प्लेइङ ११' मा थिएनन्।उनको स्थानमा कुशल मल्ल टीममा प्रवेश गरेका छन्। चार देशीय शृङ्खलामा ९ रन मात्र बनाएका उनी टोलीबाट बाहिरिएका थिए। फिलिपिन्सविरुद्ध तेज बलर गुलशन झाले टी२० क्रिकेटमा राष्ट्रिय टोलीमा पहिलो खेल खेलेका थिए। करण केसी घाइते भएर ओमानबाट फर्केपछि उनको स्थानमा झा टीममा समावेश भएका हुन्।झाले यसअघि ओमानमै भएको विश्वकप लीग २ मा एक दिवसीय क्रिकेटमा पहिलो पटक अवसर पाएका थिए। अमेरिका विरुद्धको सो खेल खेलेसँगै उनी एक दिवसीय क्रिकेटमा पहिलो पटक खेल्ने एसोसियटका तर्फका कान्छा खेलाडी बनेका थिए।त्यति बेला उनी १५ वर्ष २ सय १२ दिनका थिए।कुशलको कीर्तिमानओमानमा भइरहेको क्रिकेट विश्वकप छनोट खेलमा फिलिपिन्स विरुद्ध भएको खेलमा शतक बनाएपछि खुशी साट्दै नेपाली खेलाडी कुशल भुर्तेलछोटो समयमा आक्रामक ओपनरको छवि बनाएका कुशल भुर्तेल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन्।ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन्।नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुरविरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए।खड्काले ५२ बलमा अविजित १०६ रन बनाएका थिए।त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए।भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १०७ रन बनाएका थिए। कुशल भुर्तेलले भने ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे।उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १०४ रनमा अविजित रहे। ३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए।ओपनरका रूपमा आएका भुर्तेलले पूरा २० ओभर खेले। ओपनर साथी आशिफ शेख 'गोल्डन डक आउट' भएपछि भुर्तेलले कुशल मल्लसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।तेस्रो विकेटका लागि भने उनले दीपेन्द्र सिंह ऐरीसँग १ सय ७१ रनको शतकीय साझेदारी गरे, जुन टी २० आईमा नेपालको कुनै पनि विकेटको ठूलो साझेदारी पनि हो।काठमाण्डूमा गत अप्रिलमा सम्पन्न थ्री नेसन्स कपमा लगातार तीन अर्ध शतक प्रहार गरेपछि भुर्तेल नेपाली क्रिकेटमा उदाएका थिए। त्यो उपलब्धि सँगै राष्ट्रिय टोलीमा लामो समयदेखि समस्याको रूपमा रहेको ओपनिङ जोडीमा भुर्तेल र आशिफ शेख स्थापित भएका थिए। -बिबिसीबाट

अस्ट्रेलियाको शानदार जीत

टी-२० विश्वकपमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहले ब्याटिङ गर्दै वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा १ सय ५७  रनको स्कोर बनायो । कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने अस्ट्रेलियाका लागि जोश हेजलवुडले चार विकेट लिए ।१ सय ५८ रनको लक्ष्यलाई अस्ट्रेलियाले १६.२ ओभरमा मात्र २ विकेटको क्षतिमा सजिलै पछ्यायो । लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात भने खराब रह्यो । चौथो ओभरमा नै कप्तान एरोन फिन्च मात्र ९ रनमा आउट भए । त्यसपछि डेभिड वार्नर र मिचेल मार्स

भारतविरुद्धको टेस्टमा जो रूटले लिए अद्भुत क्याच (भिडियो)

इंग्ल्यान्डको टेस्ट टीमका कप्तान जो रूटले भारतविरुद्धको पहिलो टेस्टमा दोहोरो शतक हानेपछि आइतवार फील्डिङमा पनि शानदार प्रदर्शन गरेका छन् ।  चेन्नईको चेपकमा जारी टेस्ट खेलको तेस्रो दिन रूटले भारतका ब्याट्स्म्यान अजिंक्य रहाणेलाई आउट गर्न एक हातले अद्भुत क्याच समाते ।  इंग्ल्यान्डले पहिलो इनिङमा बनाएको ५७८ रनको जव...

पीएम कप क्रिकेट : फाइनलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं ।  बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३÷३ विकेट हात पारे । यस अघि टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु-याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी ...

बिग ब्यासमा सन्दीपले लिए ३ विकेट

अस्ट्रेलयामा जारी बिग ब्यास लिग क्रिकेटमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएका छन्। पाँच म्याचमा चोटका कारण विश्राम पाएका सन्दीपले छैठौँ खेलमा शानदार कमब्याक गरेका हुन्। उनले तेस्रो विकेट १६ ओभरको अन्तिम बलमा लिए। उनले टम कपुरलाई एल्बिडब्लु आउट गराउँदै तेस्रो विकेट लिए। यसअघि १४.३ ओभरमा शन मार्सलाई ४६ रनमा क्...

ड्रिम लिगमा सन्दीपको शानदार डेब्यु, पहिलो ओभरमै लिए दुई विकेट :: Pahilopost.com

काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछाले अष्ट्रेलियन बिग बासमा लिगमा शानदार डेब्यु गरेका छन्। आफ्नो ड्रिम लिगको डेब्यु खेलको पहिलो ओभरमै सन्दीपले अष्ट्रेलियाका शेन वाट्सनलाई आउट गरे। मेलबर्न स्टार्सका खेल्दै बीबीएलमा डेब्यु गरेका सन्दीपले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै ३ रन मात्र खर्चे। ओभरको दोस्रो बलमा वाट्सनलाई

आईपीएलमा सन्दीपको शानदार प्रदर्शन, ११ तस्वीर

६ जेठ, काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए …