आध्यात्मिक, जैविक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ । नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनले कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको र मानव जाति एवं प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मी …