अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सम्झौता अवधि शनिबार सम्पन्न भएको छ । म्याद सकिन एक दिनअघि गत बिहीबार संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेतले एक्यापलाई अब नयाँ मोडलमा लैजाने र जुन स्थानीयको चाहनाअनुसार नै हुने जनाएका छन् । संघीय मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि र सरोकारवालाहरूले एक्याप विकासको बाधक भएकोे आरोप लगाएपछि मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।