दशैको अवसरमा आइएमई पे को अफर, हवाई टिकट खरिदमा क्यासब्याक

काठमाडौं, १३ असोज । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमई पे ले दसैंको झट्का स्कीम सार्वजनिक गरेको छ । अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले […]

सम्बन्धित सामग्री

‘आइएमई पे’ मार्फत प्लेनको टिकट काट्दा ५० प्रतिशत ‘क्यास ब्याक’

‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक भएको छ । यो अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् ।