काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका सबै नेताहरुसँग मिलेर काम गर्न सकिने बताएका छन्। शनिबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा ओलीको अहंकारको कारणले मिल्न नसकिने बताएका हुन्। ‘केपी ओलीको अहंकार नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सकिने देख्छु’ प्रचण्डले भने, ‘तर उहाँको व्यवहारका कारण मिलेर जाने अवस्था बनेको छैन।’ संविधानले दिँदै नदिएको अधिक