पुम्से तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

नेपाल प्रहरीकी पार्वती गुरुङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको महिला एकलको १८–३५ वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ७.१३ अंक जोडिन् । ६.८४ अंकसाथ आर्मीकी सिना मादेन दोस्रो भइन् । तेस्रो स्थानमा रहेका आर्मीका आयेशा शाक्यले ६.६१ तथा प्रशंसा क्षेत्रीले ६.५४ अंक बटुले ।  शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । १३ औं सागमा आयशाले दोहोरो स्वर्ण जितेकी थिइन् । नेपाल तेक्वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोर...

सम्बन्धित सामग्री

तेक्वान्दोमा विशाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले छैठौं हिरोईज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा एक स्वर्ण र दुई रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको प्रतियोगिताको पुम्से मास्टर्स समूहमा विशाल कडेलले स्वर्ण पदक जितेका छन् । विशालले दिएको जानकारी अनुसार उनले ८० केजी तौल समूहमा रजत पदक पनि जितेका छन् । इन्टर नेसनल मास्र्टस समुहको पुम्सेमा […] The post तेक्वान्दोमा विशाललाई स्वर्ण first appeared on Hamro Khelkud.

दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

कमल र पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुमेका हुन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा […]

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो […]

अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो : सरोजलाई तीन स्वर्ण

भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् । उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई हराउँदै स्वर्ण जिते । पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए ।&

दर्नाललाई तेक्वान्दोमा स्वर्ण

नेपालका प्रेमकुमार दर्नालले सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।...

राजुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।

आयशालाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से […]

पुम्सेमा तीन नेपालीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भएको डिजी एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् । पुम्से पुरुष ४० वर्ष मुनी सञ्जिब नेपाली, महिला ३० वर्ष मुनीमा सन्दीपा अमगाई र पुरुष ५० वर्ष मुनीमा प्रेमकुमार दर्नालले स्वर्ण जितेका हुन् । डिजे तेक्वान्दो फिलिपिन्स र ओएनजी तेक्वान्दो अमेरिकाको आयोजनामा शुक्रबार सुरु भई आइतबार […]

सैलुङ भर्चुअल पुम्सेमा पार्वतीलाई स्वर्ण

२४ पुस, काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् । सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ […]