बाँके : बाँकेमा कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ।भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका एक/एक जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो।त्यस्