नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको विरोध भएको थियो ।सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु