अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् ।
‘राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रुसले पुर्याउने क्षतिविरुद्ध राष्ट्रिय स्वार्थको बचाउमा अमेरिका बलियोसँग उभिने बताएका छन्,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ ।
रुसी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच ‘निकै सौहार्दपूर्ण रूपमा कामका विषयमा खुल...