नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुलाई कर, भन्सार तथा भिसिटीएस बारे प्रशिक्षण प्रदान गरिएको छ ।यहि जेठ २७ गते शुक्रबार बुटवलको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित कुल १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका