महेशपुर भन्सार कार्यालय नवलपरासीले एक वर्षमा २७ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो राजस्व सङ्कलन अहिलेसम्मकै बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।कार्यालयले गत आर्थिक वर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो तर यसवर्ष राजस्वमा वृद्धि हुँदै गत वर्षको तुलनामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा क