काठमाडौं : निर्वाचन आयोगले उम्मेदवारको पक्ष वा विपक्षमा उभिने सरकारी कर्मचारीमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।उनले स्थानीय प्रशासनका कर्मचारीले चुनावलक्षित राजनीतिक दलका उम्मेदवारसँग पक्ष वा विपक्षमा लागेर काम गरेको पाएमा ‘जागिर नै धरापमा’ पर्नसक्ने चेतावनी दिए। ‘कुनै ठाउँको स्थानीय प्रशासक वा कर्मचारी कुनै उम्मेदवारको पक्षमा