आईएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायोः सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ । योजनाअनुसार अब सजिलै जापानको क्योदाइबाट नेपालको ‘आईएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिनेछ । यो योजना फेबु्रअरी २२ देखि अगस्ट २२, २०२० (६ महिना) सम्म लागू गरिएको छ । यो योजना अवधिभर क्योदाइबाट नेपालमा ‘आईएमई पे’ गर्नु हुने सेवाग्राहीहरूले ३ पटकसम्म निःशुल्क सेवाशुल्कमा पैसा पठाउन सक्नुहुनेछ । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरू छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आईएमई पे ’ डाउनलोड गरेको हुनुपर्छ ।