सामूहिक कृषि कर्ममा रम्दै कुविण्डेका युवा

बैदेशिक रोजगारीबाट फर्किएका चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा सामूहिक कृषि कर्ममा जुटेका छन् । नयाँ पुस्ताका युवाले कृषिकर्मलाई बेवास्ता गरिरहेको समयमा कुबिण्डेका युवा सामूहिक रुपमा नै कृषि पेशा तर्फ आकर्षित भएका हुन । कुविण्डेका तीनजना युवा मिलेर करिब पौने करोड लगानीमा सामूहिक भैंसीपालन र तरकारी खेतीमा जुटेका छन् । बैदेशिक रोजगारीबाट फर्किएर आफ्नै भूमिमा आत्मनिर्भर बन्ने अभ्यास सुरु गरिएकोमा अहिले राम्रो आम्दानीको स्रोत आफ्नो कृषि फर्म भएको उहाँहरुले बताउनुभएको छ । ‘हामीले विदेशमा हुँदै नेपाल फर्किएर कृषि कर्ममा जुट्ने योजना बनाएका थियौ ।’ उद्यमी कुमार सापकोटा र माधबराज गिरीले भन्नुभयो । ‘विदेशमा गरे जति दुःख यहाँ छैन, तर आम्दानी राम्रो छ ।’ गिरीले सुनाउनुभयो । स्वदेश फर्किएका पछि गाउँमै कुखुरापालन व्यवसाय गरिरहेका टोपनाथ सापकोटालाई समेत सामेल गराई कृषि पेशालाई अझँै वृहत्त बनाएर अगाडि बढेको उहाँहरु बताउनुहुन्छ । ‘गत बर्षको पुष महिनाबाट सिन्धु–कुविण्डे कृषि फर्म दर्ता गरी ११ वटा भैंसी पाल्न सुरु गरिएकोमा यो वर्ष ४० वटा भैंसी पु¥याउने लक्ष्यकासाथ अगाडि वढ्यांै । निरन्तर सफलता हात लागेको छ ।’ सापकोटाले भन्नुभयो । फर्मलाई रिसर्च सेन्टर बनाउने योजनामा उहाँहरु रहनुभएको छ । आफ्नै जग्गासहित भाडामा लिएको करिब एकसय रोपनि जग्गामा तरकारी खेतीसँगै विकासे घाँस समेत लगाएका छन् । परम्परागत खेती प्रणालीबाट अगाडि उठ्दै व्यवसायिकरुपमै कृषि पेशामा लागेको सञ्चालक टोपनाथ सापकोटाले बताउनुभयो । फर्ममा उत्पादन भएको करिब एक सय ५० लिटर दुध जिल्ला सदरमुका

सम्बन्धित सामग्री

सामूहिक कृषिमा लागे कोलका सिर्जनशील युवा

रुकुम (पूर्व) : वरिपरि अग्ला पहाड । नजिकै पुथा र सिस्ने हिमाललगायत अन्य बुकी पाटनमा सेताम्य हिउँ । हिमालको हिउँसँग, वरिपरि बाक्लो मगर खाम बस्ती टल्लक्कै टल्किने गाउँ। तल निरन्तर बग्ने उत्तरगंगा। उत्तरगंगाको सिरमा चिटिक्कै मिलेको कोल गाउँ।पुथाउत्तरगंगा गाउँपालिका–१२ कोल गाउँकै युवाहरूले सोही वडाको छमारीमा सामूहिक कृषि कार्य सुरु गरेका छन्। पुथा हिमालयन अर्गानिक कृषि प्रालि फर्म दर्ता गरी पुथाउत्तरगंगा–१२ कोलका युवाहरू सामूहिक कृषि कार्यमा लागेका हुन्।पुथा हिमालयन अर्गानिक कृषि प्रालिक

कोरोनाले जुराएको अवसर : विदेशबाट फर्केर सामूहिक तरकारी खेती

विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्कनुभयो । त्यसपछि कोरोना महामारी शुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाउनुभयो । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहनुभएको छ । उहाँसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती शुरु गर्नुभएको हो । उहाँहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्कनुभएको हो ।

१७ करोड लगानीमा सामूहिक कृषि फार्म - Naya Patrika

विदेशबाट फर्किएका जिल्लाका युवाले १७ करोड लगानीमा कृषि व्यवसाय सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवा एक–आपसमा मिली लमजुङमा कृषि व्यवसाय सुरु गरेका हुन् । देश–विदेशमा रही कृषि क्षेत्रमा...पूरा पढ्नुहोस् »

मरुभूमिमा फल फलायौं अब आफ्नै माटोमा पनि फलाउँछौँ

विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका ती युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर नामक कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् । आधुनिक कृषिका लागि युवालाई आकर्षण गर्ने…