ललितपुरको गोदावरीमा नेकपा एमालेको तीन दिने विधान अधिवेशन जारी छ । अधिवेशनमा देशभरबाट ५ हजार हाराहारी एमालेका नेता तथा कार्यकर्ताहरू प्रतिनिधिका रूपमा सहभागी छन् । महाधिवेशनमा सहभागी करिब ६ हजार प्रतिनिधिहरूले १० वटा समूहमा विभाजित भएर तीनवटा प्रतिवेदनमाथि छलफल गर्दैछन् ।बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यी प्रस्तावमाथि छलफल