बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी जेठ २० गते गर्न लागिएको नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । शुक्रबार राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्र मार्फत् बक्सिङ संघले गर्न लागेको उक्त साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो । कोरानाका कारणले देशभर […]

सम्बन्धित सामग्री

बैंकको साधारणसभा स्थगन गर्न निर्देशन

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको त्यस बैंकको साधारणसभा आगामी मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता विपरीत त्यसर

एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क (एनसीसी बैंक) लाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । बैंकले मङ्सिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको थियो । आयोगले राजनीतिक कारण देखाउदै बैंकको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो  । बैंकका संचालक रहेका मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्  ।  उनी कांग्रेसका तर्फबाट पूर्वमन्त्री तथा हाल केन्द्रीय सदस्य समेत हुन् ।उम्मेदवार नै सञ्चालक रहेको बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएको भन्दै सभा रोक्न उजुरी परेको आयोगले जनाएको छ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था रहेको र निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेकोले सभा स्थगित गर्न निर्देशन दिईएको बैंकले जनाएको छ ।

कोरम नपुगेर स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारणसभा अब कहिले ?

महालक्ष्मी बिकास बैंकको स्थगित भएको साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ  । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै अर्को साधारणसभा माघ ३ गते हुने भएको हो । कम्पनीले भर्चुअल रुपमा साधारणसभा गर्ने जनाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।    सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, संचालकको सेवा सुविधा वृद्धि गर्ने प्रस्ताव पेश हुने छन् । संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव भने सभामा पेश हुने छैन। संचालकको निर्वाचन रोक्न पाटन उच्च अदालतमा मुद्दा परेपछि अदालत अर्को आदेश नहुँदा निर्वाचन प्रक्रिया अगाडी नबढाउँन आदेश दिएको छ । अर्को आदेश नहुँदासम्म निर्वाचन चयन प्रक्रिया हुने छैन ।

गोर्खाज फाइनान्सको साधारणसभा फेरि स्थगित

गोर्खाज फाइनान्स Gurkhas Finance Limited आज भदौ २४ मा हुने भनिएको साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले साधारणसभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि आदेश बमोजिम सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यस अघि बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। तर नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो । स्थगन भएको सो सभा आज भदौ २४ गते काठमाडौँको होटेल क्राउन इम्पेरीयलमा हुने तय भएको थियो । अदालतको आदेश पछि आज हुनु पर्ने सभापनि स्थगन भएको हो ।  सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको निर्वाचन गर्ने प्रस्ताव पेश हुने कार्यसूची थियो। प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने कार्य सूची थियो । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने  ३ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने  ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने तयारी थियो  ।  कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले लाभांश भने प्रस्ताव गरेको थिएँन ।

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो । कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी […]

साधारण सभा बोलाएकोमा आपत्ति

यद्यपि, नेपाली खेल संघका नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ ७ गते नै बक्सिङ संघलाई साधारणसभा स्थगित गर्न निर्देशन दिइसकेको थियो।...

बक्सिङ संघको साधारणसभा स्थगित गर्न राखेपको निर्देशन

काठमाडौं । नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ । बक्सिङ संघको साधारणसभा यही जेठ २० गतेका लागि डाकिएको थियो । राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएको हो । नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा...