भरतपुरका मेयर र कतारी राजदूतबीच द्विपक्षीय हितको विषयमा छलफल

भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितव

सम्बन्धित सामग्री

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए । उक्त अवसरमा काठमाडौँमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत […]

मेयर बालेन शाह र जर्मन राजदूतबीच फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमास प्रिन्सबीच काठमाडौँको फोहोरमैला व्यवस्थापनबारे छलफल भएको छ। राजदूत थोमस मेयर शाहलाई भेट्न मंगलबार शाहको कार्यकक्षमा पुगेका थिए। राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर शाहसँग जानकारी लिएका थिए। शाहले फोहोरको दीगो व्यवस्थापन […]

बालेन साह र जर्मन राजदूतबीच भेट, फोहोर व्यवस्थापनबारे छलफल

२९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । राजदूत थोमस मेयर साहलाई भेट्न मंगलबार साहको कार्यकक्षमा पुगेका थिए । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले […]

पोखराबाट भारतमा नियमित हवाई उडान गर्नेबारे मेयर र राजदूतबीच छलफल

कास्की – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच पोखरामा भेटवार्ता भएको छ । उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा आतबार साँझ छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर […]