युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ । &ldquo