गण्डकी प्रदेश सरकार स्थापना भएदेखि कार्यान्वयनमा ल्याएका महत्वपूर्ण पूर्वाधार विकासका योजना अहिलेसम्म पनि सम्पन्न भएका छैनन् । सडक, पुल, सिँचाई, खानेपानी लगायत पूर्वाधारका योजनामा बजेट अभाव, म्याद थपको समस्या तथा निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न हुन सकेको छैन । कतिपय आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।