दमौली, १७ मङ्सिर: तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै सुरु गरेका हुन् । अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले जानकारी दिए । […]