बेरूत, लेबनान । हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भन्नुभयो, “लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । […]