यसरी थाहा पाउनुहोस् आफ्नो वर्क परमिटको म्याद १८ महिना स्वत थपिएको/नथपिएको

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि दिएको आवेदन पेन्डिङ रहेको बेला वर्क परमिटको अवधि अब स्वत १८ महिना थपिने नियमसँगै अब अनलाइनबाट आफ्नो वर्क परमिटको अवधि थपिएको नथपिएको थाहा पाउन सकिने भएको छ । अनलाइनबाट अध्यागमन अवस्था हेर्न सकिने युएससीआईएसको प्रणाली सेभमार्फत आफ्नो वर्क परमिटको अवधि लम्बिएको वा नलम्बिएको हेर्न सकिने भएको छ । […]

सम्बन्धित सामग्री

खुल्यो नेपालीको टीपीएस रि रजिष्ट्रेशन अवधि, यथाशीघ्र दर्ता गर्न सुझाव

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि खुलाएको छ । अक्टोबर २४ मंगलबारदेखि टीपीएसको रि रजिष्ट्रेशन अवधि खुलेको हो ।  रि रजिष्ट्रेशन अवधि १८ महिना थप गरिएकाले सन् २०२५ को जुन २४ सम्म गर्न सकिने भएतापनि यथाशीघ्र रजिष्ट्रेशन गर्न सुझाव दिइएको छ । समयमै रि रजिष्ट्रेशन गरेमा ट्राभल डकुमेन्ट, वर्क परमिट […]

नविकरणको आवेदन पेन्डिङ रहँदा वर्क परमिटको म्याद अब स्वत १८ महिना लम्बिने

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि अब स्वत १८ महिना अर्थात ५४० दिन लम्बिने भएको छ । विगतमा १८० दिनमात्र स्वत लम्बिने प्रावधान रहेकोमा उक्त अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाएको छ । मे ४ बुधबारदेखि लागु हुने गरी नविकरणका लागि […]