लेवनडोवस्कीको पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।

सम्बन्धित सामग्री

संकटमा तीन पटकको विजेता स्पेन, जित्नै पर्ने दबाब

एजेन्सी। युरोपियन च्याम्पियनसिपमा तीनपटक च्याम्पियन बनेको स्पेन समूह चरणबाटै बाहिरिनुपर्ने हो कि भन्ने संकटमा छन्। समूह ‘ई’मा पहिलो दुई खेल बराबरीमा रोकिएपछि स्पेन दबाबमा परेको हो। नकआउट चरणमा स्थान बनाउन स्पेनलाई जित्नुको विकल्प छैन। अथवा स्विडेनले पोल्यान्डलाई हराइदिए बराबरी नतिजा पनि स्पेनका लागि फलदायी हुनसक्छ। अन्यथा समूह चरणबाटै बाहिरिनेछ। स्विडेन शीर्ष, स्लोभाकिया दोस्रो, स्पेन तेस्रो र पोल्यान्ड चौथो स्थानमा छन्।

युरोकपमा यस्तो छ आजको खेलको समीकरण

युरोकप फुटबलअन्तर्गत आज समूह ई र समूह एफका अन्तिम चरणका खेल हुँदैछन् । नेपाली समयअनुसार ९ः४५ मा समूह ईको खेलमा स्पेनले सेभियामा स्लोभाकियाको सामना गर्दैछ । यही समय अर्को खेलमा सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्ड भिड्दैछन् ।यस समूहबाट चार अंक बटुलेको स्विडेन दोस्रो चरणमा छनोट भइसकेको छ । त्यसबाहेक छनोट हुने अन्य टोलीको टुंगो लागेको छैन । दोस्रो स्थानमा रहेको स्लोभाकियाले ३ अंक बटुलेको छ र आज स्विडेनलाई बराबरीमा रोक्न सके दोस्रो चरणमा पुग्नेछ । यता, सुरुवाती दुई खेल बराबरी खेलेको स्पेनले

पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।