पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।