डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले कोरोना आकस्मिक कोष स्थापना गरेको छ। कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो। कोरोना संक्रमणमा परेका पत्रकारहरूको व्यवस्थापनमा समस्या देखिने भएकाले कोरोना आकस्मिक कोषका लागि नेपाल बैंक लिमिटेड डडेल्धुरा शाखामा खाता संचालन गरेको नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिएका छन्।उनकाअनुसार कोषमा जम्मा भएको रकम कोरोनाका बिरामीको उपचार तथा व्यवस्था