कलाकार अशोक शर्मालाई पितृ शोक

कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।

सम्बन्धित सामग्री

कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक

कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ बर्षिय बुबा लोकबहादुर पण्डितको बुधबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । कलाकार माधव पण्डितका बुबा समेत रहेका उनीलामाे समयदेखि दमकाे रोगबाट पीडित रहेका थिए । लोकबहादुर बुधबार साँझ पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ । लाेकबहादुरकाे निधनप्रति विभिन्न कलाकारले सामाजिक संजालबाट श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।