कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

सम्बन्धित सामग्री

कलाकार सुरवीर पण्डितलाई पितृशोक

२४ कात्तिक, काठमाडौं । हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृशोक परेको छ । उनका बुबा लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा बुधबार निधन भएको छ । केही वर्षदेखि दमको रोगी रहेका उनलाई १३ दिनअघि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पण्डितको उपचारको क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको कलाकार रामचन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । […]