प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल अन्तिमतिर आइपुग्दा ६० वटा कानुन निर्माण भएको छ । प्रदेशसभाले कानुन निर्माणलाई तीव्रता दिए पनि कानुन कार्यान्वयनको अवस्था भने सुस्त छ ।प्रदेशसभाको संसदीय समितिमा ४ वटा विधेयक अहिले पनि छलफलकै क्रममा छन् । जसमा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक छन् । आफूले