काठमाडौं। नेपाल भारतीय उर्जा एक्सचेञ्ज बजारमा दक्षिण एसियाकै पहिलो राष्ट्रको रुपमा विद्युत व्यापारका लागि प्रवेश गरेको छ। नेपाल विद्युत प्राधिकरणले आज राती १२ बजेदेखि ढल्केबर–मुजफ्फुर अन्तरदेशीय प्रसारण लाईनमार्फत २५० मेगावाटसम्म विद्युत खरिद गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पहिलेदेखिको तयारीका कारण भारतबाट विद्युत खरिद गर्न सफल भएको बताए।