ट्राफिक सचेतनाका लागि ‘स्लो बाइक रेस’ प्रतियोगिता

ट्राफिक सचेतनाका लागि लमजुङको बेसीशहरमा ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लव अफ लमजुङ र रोटरी क्लव अफ लमजुङको...

सम्बन्धित सामग्री

राप्ती दशैं मेला असोज २३ देखि, महलाई विशेष प्रवर्द्धन गरिने !

चितवन । जिल्लामा राप्ती दशैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । व्यापार, व्यवसायको प्रवर्द्धन तथा कला संस्कृतिको संरक्षणका गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने भएको हो ।  राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा असोज २३ देखि कात्तिक ४ गतेसम्म मेला सञ्चालन हुन लागेको शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समुन्नत नगरको उदय’ भन्ने नाराका साथ राप्ती–६ राजमार्गसँग जोडिएको हर्दीको खाली चौरमा मेला सञ्चालन हुने मेलाका संयोजक प्रवीण खनालले जानकारी दिए ।  मेलामा सयओटा स्टल रहने छन् । मेलामा वडास्तरीय डोरी तान्ने प्रतियोगिता, स्लो साइकल रेस, स्लो बाइक रेस, नृत्य र चित्रकला प्रतियोगिता, फुटबल ट्राइ ब्रेकरलगायतका खेलहरू पनि आयोजना हुने छन् । मेलामा ५० लाखभन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा महलाई विशेष महत्त्व दिन लागिएको छ । महको विशेष स्टल रहने र अतिथिहरूलाई मायाको चिनोस्वरूप मह प्रदान गरिने संयोजक खनालले बताए । मेलाबाट भएको आम्दानीबाट १३ ओटै वडाका युवा, महिलालाई स्वरोजगार तालिम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने आयोजकले प्रतिबद्धता जनाएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई एक सय र विद्यार्थीलाई पचास रुपैयाँ शुल्क तोकिएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  मेलामा प्रमोद खरेल, ज्योति मगर, स्वप्न सुमन, भूमिका गिरी, एलिना चौहान, दुर्गेश थापा, तृष्णा गुरूङलगायतका कलाकारहरूलाई बोलाउने तयारी गरिएको संयोजक खनालले बताए ।  ‘आर्थिक मन्दीले व्यापार, व्यवसाय थलिएको छ, मेलाले राहतको महसुस हुने अपेक्षा छ,’ संयोजक खनालले भने ।

रामेछापमा स्लो बाइक रेस प्रतियोगिता

मन्थलीमा शनिबार आयोजित स्लो बाइक रेस प्रतियोगितामा मन्थली ११ गेलुका अनिश थापामगरले प्रथम स्थान हासिल गरेका छन् ।

अर्घाखाँचीमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । गत कार्तिक ११ गते अर्घा–भगवती विमानस्थलमा तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु भएका कृतिम रायमाझी र रोशन सुनामको सम्झनामा ‘द ब्लु स्काइ युथ क्लब’ सन्धिखर्कको आयोजनामा प्रतियोगिता गरेकाे हाे । प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा विनोद खनाल प्रथम हुनुभएको छ […]

कालिकोटमा पहिलो पटक ‘स्लो बाइक रेस’

कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाइक रेस’ भएको छ। कर्णाली कला तथा सांस्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार सदरमुकाम मान्मको खुल्ला मन्चमा ‘स्लो बाइक रेस’ कार्यक्रम भएको हो।...

होली पर्वमा स्लो बाइक रेस

दोलखा । फागु पर्वको अवसरमा सरल नेपाल दोलखाले चरिकोटमा आयोजित ३० मिटर स्लो बाइक रेसमा उज्जवल श्रेष्ठ विजेता बनेका छन् । प्रतियोगितामा सुरेश घतानी दोस्रो, कृष्ण बस्नेत तेस्रो र जेम्स शेर्पा चौथो बनेका छन् । पाँच चरणसम्म चलेको प्रतियोगितामा जिल्लाका ५६ जना बाइक चालकको सहभागिता रहे । प्रतियोगीतामा जसले ढिलो बाइक चलाएर ३० मिटरको निर्धारित […]

जेसिज सप्ताह शनिबारदेखि, बाइक रेसदेखि साइकल यात्रासम्मका कार्यक्रम

बागलुङ – शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत यस्तो जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ । सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते […]