काठमाडौँ,९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन् । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गरे । तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहँुका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको […]