द्वन्द्वकालीन मानवता विरोधी तथा ज्यादतीका गम्भीर घटनामा आममाफी दिन सकिन्न- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताएका छन् ।  विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा आइतवार एक विज्ञप्ति जारी गर्दै ओलीले नेपालको संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने मान्यतामा आफू रहेको बताएका छन् ।  उनले एमाले सत्य, न्याय, परिपुरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा रहेको उल्लेख पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । ...

सम्बन्धित सामग्री

द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिँदैन : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताएका छन् । २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको पन्ध्र वर्ष पूरा भएको उपलक्ष्यमा आइतबार वक्तव्य जारी गर्दै ओलीले […]