काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको दिन लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर देउवाको निमन्त्रणमा मोदी जेठ २ गते सोमवार लुम्बिनी आउने र दुवै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिर संयुक्त रूपमा प्राथना गर्ने जनाएको छ ।
यस्तै बौद्ध संस्कृति र सम्पदा केन्द्रको पनि संयुक्त शिलान्यासको कार्यक्रम रहेको छ । त्यसपछि देउवा र मोदीले लुम्बिनीमा भर्खरै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा हुने विश...