विश्वमा एक सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ। गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन्। जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले बढी हो।
मंसिर ४, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. २८ अर्ब ३८ लाख ३५ हजार बराबरको ४ करोड ७९ लाख ७१ हजार १९२ कित्ता शेयर कारोबार भएको छ ।
गत साता तीन ओटा कारोबार दिन मात्र खुलेको बजारमा रू. १६ अर्ब ६ करोड ८० लाख ५१ हजार बराबरको २ करोड ८६ लाख ४०९ कित्ता शेयर कारोबार भएको थियो । पछिल्लो समय नेप्से परिसूचक उकालो लाग्न थालेसँगै कारोबार रकमले समेत उच्चता पाउँदै गएको छ ।
केही समय शेयर धितोकर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण प्रभावित बनेको बजार पछिल्लो समय भने सकारात्मक बन्दै गएको छ । सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको लाभांश र पहिलो त्रैमाससम्मको कम्पनीहरुको वित्तीय विवरणको अवस्थाका कारण पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
यो साताको कारोबारमा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ३४ विन्दुसम्म झरेको थियो भने अधिकतम २ हजार ८२५ दशमलव ९८ विन्दुसम्म पुगेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६९० दशमलव २९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ७६९ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको छ ।
गत साताभन्दा यो साता नेप्से परिसूचक ७८ दशमलव ८४ अंक माथि उक्लिएको हो । बजारले गति लिदै जादा विश्लेषकहरुले थप गति लिने विश्लेषण पनि गरेका छन् । शेयर बजारका विश्लेषक विष्ण्णु प्रसाद बस्यालले बजारको अवको गति ५ हजार ८०० विन्दु रहेको विश्लेषण गरेका हुन् ।
उनले फेसबुक मार्फत् आफ्नो विश्लेषण सार्वजनिक गर्दै सन् २०२३ भित्र बजारले उक्त विन्दु कायम गर्ने बताएका हुन् । उनले अबको केहि समयमै बजार ३ हजार ५० को विन्दुमा पुग्ने अनुमान समेत गरेका छन् ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । गत साता ५०२ दशमलव २० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२२ दशमलव ०१ विन्दुमा पुगेको छ । कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता रू. १ खर्र्ब १२ अर्ब ८२ करोडभन्दा बढीले वृद्धि भएको छ ।
गत साता रू. ३७ खर्ब ८३ अर्ब ३१ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३९ खर्ब ४० अर्ब २ करोडभन्दा बढी कायम भएको हो । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा यो साता नेपाल दूरसञ्चार कम्पनीलेनै ओगटेको छ । यस अघि केहि समय कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको थियो ।
यो साता नबिल बैंकलाई नेपाल दूरसञ्चार कम्पनीले कुल बजारपूँजीकरणमा पछि पारेको हो । साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब १४ अर्ब १७ करोड ३६ लाख ६० हजार रहेको छ भने नेपाल दुरसञ्चार कम्पनीको रू. २ अर्ब १५ करोड ७० लाख रहेको छ ।
धितोपत्र दोस्रो बजारमा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड कित्ता र नबिल बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ ।
साताको अन्तिम कारोबार दिन नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता रू. १ हजार ४३८ र नबिल बैंकको अन्तिम शेयरमूल्य रू. १ हजार ५४७ कायम भएको छ ।
यो साताको बजारका सूचकहरुको अवस्था :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ लगातार एक महिनादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई एक सातामा मात्र १९ लाख १८ हजार १८८ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २ करोड ३८ लाख ९४ हजार ९७ छ । डीआर सुजनको स्वरमा रहेको गीत ‘परदेशी काइँलो’ दोस्रो शीर्ष […]
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड १९ का सङ्क्रमित हुने अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा ३० र २५ प्रतिशतले बृद्धि भएको हो । दैनिक पाँच लाख ४० हजार नयाँ सङ्क्रमित थपिएका छन् । करिब एक साता अघि दैनिक थपिने सङ्क्रमित चार लाख ९० हजार थियो ।
एक साता अघिको तुलनामा कोभिड १९ बाट हुने मृतकको सङ्ख्या समेत उच्च दरले वृद्धि भएको छ । जुलाई १९ देखि २५ सम्म कोभिड १९ को सङ्क्रमणले विश्वभरि भएको मृतकको सङ्ख्या ६९ हजार रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसभन्दा अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमणले हुने मृत्यु २१ प्रतिशतले बृद्धि भएको छ । हालसम्म विश्वभरि १९ करोड ४० लाख ब्यक्ति सङ्क्रमित भएका छन् भने ४० लाखभन्दा बढी ब्यक्तिको मृत्यु भएको छ ।