चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीसहित ६ जनाले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ । शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । अधिकांश आवेदक […]

सम्बन्धित सामग्री

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक