पूर्वी नवलपरासीमा यतिबेला किसानलाई चैते (हिउँदे) धान रोप्ने चटारो छ । भूमिगत सिँचाइ र सिमसार क्षेत्रका वरपरका किसानलाई अहिले धान रोप्न भ्याई-नभ्याई छ । जिल्लाको कावासोती, गौडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकाकमा चैते धान हुँदै आएको छ ।