पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।