काठमाडौँ- बडादशैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो । “दशैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ”, बैठकपछि नगरप्रमुख प्रजापतिले भने […]