भक्तपुरको तलेजुमा बलिरहित पूजा

भक्तपुर : भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा सम्पन्न गरिएको छ। दशैंको महाअष्टमीको मध्यरातमा तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने प्रचलन रहेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। गत वर्ष पनि तलेजुमा बलि दिइएको थिएन।…