हिन्दूहरुको प्रमुख चाड मध्ये एक महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति परिसर झिलिमिली बत्तीले धपक्कै बलेको छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने गर्छन्। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका