मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वर्णन गर्छ । यो कुनै घातक दुर्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द हवाईजहाज वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ तर अन्य मामिलामा पनि मेडे शब्दको प्रयोग गर्नुको अर्थ आपतकालीन अवस्था नै हो । मेडे भन्ने एक विशेष तरिका हुन्छ । यो शब्द एकैचोटी तीनपटक ठूलो स्वरमा भन्ने गरिन्छ ताकि सुन्ने व्यक्तिमा कतै गलत त सुनिरहेको छैन भन्ने भ्रम नपराेस् । त्यसपछि सम्भव भएसम्म, अन्य जानकारी दिने गरिन्छ जस्तै बचाउ दलमा के कति मानिस वा उपकरणको