काठमाडौं, माघ १४ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो। बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै […]